कांग्रेस सांसदको माग – मेलम्चीमा मन्त्री, सचिव या कोही ठूलो माछा दोषी छ, कारवाही होस्

6.2K
shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले मेलम्ची आयोजनालाई लिएर खानेपानी मन्त्री बीना मगर र हालै सरुवामा परेका सचिव गजेन्द्र ठाकुरबीचको आरोप प्रत्यारोपका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएका छन्। यसमा भ्रस्टाचारको गन्ध छ भन्ने कुरा आरोप प्रत्यारोपबाट पुष्टि भएको भन्दै उनले दुईमध्ये दोषी को हो भन्ने पहिचान गरी कारवाही गर्न माग गरे।

‘मन्त्री र सचिवमा एउटा त दोषी छ, छ। एकजना त कमिसनको लोभमा फसेको, फसाइएकै छ,’ राष्ट्रिय सभाको आइतवारको बैठकको विशेष समयमा बोल्दै उनले भने, ‘त्यसबाहिर पनि ठूला माछा कोही छन् भने सार्वजनिक हुनुपर्छ। जनता त्यही चाहन्छन्। सदन त्यही चाहन्छ।

आयोजनामा कसै न कसैबाट गम्भीर अपराध भएको भन्दै उनले अपराधीलाई न्यायको कठघरामा उभ्याउन माग गरे। ठेकेदार कम्पनी अदालत गएमा नयाँ ठेक्का सम्झौता गर्न पनि नपाइने र काम पनि रोकिने भन्दै उनले त्यस्तो अवस्था आउन नदिन पनि माग गरे।