हङकङलाई ४ विकेटले पराजित गर्दै नेपालद्धारा तेस्रो जित दर्ता

7.49K
shares

काठमाडौँ। आईसीसी महिला विश्वकप क्रिकेटको एसिया छनोटमा नेपालले तेस्रो जित दर्ता गरेको छ। हङकङले दिएको ६३ रनको लक्ष्य पछ्याएको नेपालले ९ बल बाँकी छँदै ६ विकेट गुमाएर पुरा गर्‍यो।

फितलो ब्याटिङ गरेको नेपालका लागि अप्सरी बेगमले सर्वाधिक २४ रन बनाइन्। ३५ बल खेलेकी उनले ३ चौका प्रहार गरेकी थिइन्। यस्तै सरिता मगरले १६ रनमा नटआउट रहिन्। बाँकी कुनै पनि खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन्।

हङकङका लागि जस्मिन टिटमसले सर्वाधिक ३ विकेट लिइन्। यसअघि थाईल्याण्डको बैंककस्थित एसियन ईन्सिटच्युट अफ टेक्नोलोजीको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ६२ रन बनाएको थियो।

हङकङका लागि ओपनर बेला पुनले ११ रन जोड्दा यास्मिन दसवानीलाई १६ रन बनाइन्। यस्तै मरिना लाम्पलोले १९ रन जोड्नु बाहेक अन्यले दोहोरो रनको स्कोर छुन सकेनन्।

हङकङलाई सानो स्कोरमा समेट्न नेरी थापाले ६ विकेट लिईन् । सरिता राना मगरको नाममा २ विकेट रह्यो । हङकङको सूरुवाती ब्याटिङ लाईन ध्वस्त बनाउने क्रममा नेरी एक्लैले ६ विकेट हात पारिन् ।

यो जितसँगै नेपाल अंक तालिकाको चौथो स्थानमा यथावत छ। नेपालले ४ खेलबाट ६ अंक जोडेको छ भने समान खेलबाट आयोजक थाइल्याण्ड ८ अंक सहित शीर्ष स्थानमा छ। यस्तै एक खेल बढी खेलेको युएई पनि समान ८ अंक सहित दोस्रो स्थानमा छ। ५ खेल खेल्दै ६ अंक जोडेको चीन नेपालसँग रनरेटमा अघि हुँदै तेस्रो स्थानमा यथावत छ। अंक विहीन हङकङ पुछारबाट दोस्रोमा तथा कुवेत पुछारमा रहेका छन्।

Player of the march Naitry Thapa . @CricketHK vs @NepalCricket in ICC Women’s Asia Qualifier 2019@ICCAsia1@ICCMediaComms pic.twitter.com/MqqkdCOwuz

— Cricket Thailand (@ThailandCricket) February 24, 2019

बिहिबार भएको खेलमा नेपाल थाईल्याण्डसँग ५७ रनले पराजित भएको थियो। त्यसअघि आफ्नो पहिलो खेलमा मलेसियालाई ३४ रनले हराएको थियो । नेपालले दोस्रो खेलमा युएईलाई ७ विकेटले हराएको थियो।  राउण्ड रोबिनको आधारमा जारी छनोटको शीर्ष एक टोलीले ग्लोबल क्वालिफायर्समा स्थान बनाउने छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083