राजकुमारी रीमा बनिन् साउदीकी पहिलो महिला राजदूत
वि.सं.२०७५ फागुन १२ आइतवार १६:०८
5.04K
shares
shares

एजेन्सी। साउदी अरेबियाले पहिलो पटक महिलालाई राजदूत नियुक्त गरेको छ। राजकुमारी रीमा बिन्ट बन्डार अल साउद अमेरिकाका लागि नयाँ राजदूत नियुक्त भएकी छन्।
रीमाका बुवा पनि अमेरिकाका राजदूत थिए। त्यही भएर रीमाले आफ्नो बाल्यकाल वासिङट्न डिसीमा बिताएकी थिइन्। उनले जर्ज वासिङट्न विश्वविद्यालयबाट म्युजियम स्टडिजमा स्नातक गरेकी छन्।
यसअघि उनले सरकारी र निजी दुबै क्षेत्रमा काम गरिसकेकी छन्। वासिङ्टन पोष्टका पत्रकार जमाल खसोग्जीको हत्यापछि अमेरिका-साउदी सम्बन्धमा तनाव उत्पन्न भएका बेला साउदी राजकुमारी रीमालाई दूत बनाएर पठाउन लागेको हो।
युवराज मोहम्मद बिन सलमानका भाइ खालिद बिन सलमान अमेरिकाका राजदूत थिए। उनी सहायक रक्षा मन्त्री नियुक्त भएका छन्।































