अन्तत: अभिनेत्री प्रियंका चोपडा माइत फर्किइन्

4.71K
shares

एजेन्सी। अभिनेत्री प्रियंका चोपडा अहिले अमेरिकाबाट भारत फर्किएकी छिन्। हलिउड गायक तथा अभिनेता निक जोन्ससँग बिहे गरेपछि केही समय पतिको घरमा रहेकी उनी हालै भारत फर्किएकी हुन्।

पति निकको साथमा भारत फर्किएपछि उनले सोसल समडियामा केही फोटो सेयर गरेकी छिन्। फोटोका साथमा उनले निकलाई ‘भारत आउँदा कस्तो लागिरहेको छ’ भनेर लेखेकी छिन्।

ओस्कार अवार्ड वितरण समारोहमा पति निकका साथ देखापरेकी उनी आफ्नो घर आउँदा निकै रमाइलो लागिरहेको ट्विट गरेकी छिन्। उनी अब चाँडै नै बलिउड फिल्म ‘द स्काई इज पिंक’मा देखिँदै छिन्। त्यो फिल्ममा उनको अपोजिटमा फरहान अख्तर मुख्य भूमिकामा रहनेछन्। फिल्मलाई सोनाली बोसले निर्देशन गर्दै छन्।