नियन्त्रणमा रहेका भारतीय पाइलटलाई रिहा गर्ने पाकिस्तानको घोषणा
वि.सं.२०७५ फागुन १६ बिहीवार १७:३०
4.54K
shares
shares

काठमाडौं। पाकिस्तानी वायूसेनाले कब्जामा लिएका भारतीय पाइलट अभिनन्दन वर्तमान रिहा हुने भएका छन्। पाकिस्तानी प्रधानमन्त्री इमारान खानले संसदमा संवोधन गर्दै यस्तो घोषणा गरेका हुन्।
हिजो पाकिस्तानले आफ्नो क्षेत्रमा आएको भारतीय लडाकु बिमान माथि आक्रमण गरेर खसालेको थियो। यस क्रममा पाइलट अभिनन्दन पक्राउ गरेका थिए। भारतले उनलाई छुटाउन कुटनीतिक प्रयास गरेको थियो।
संसदमा बोल्ने क्रममा प्रधानमन्त्री खानले ‘पिस गेस्चर (शान्ति संकेत)’ का रुपमा पाइलटलाई रिहा गर्न लागिएको बताए।
यो पनि पढ्नुहोस् :































