नेपालको प्रजातन्त्र फेरि खतरामा परेको छ : सभापति ‘देउवा’

4.69K
shares

रामेछाप। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको प्रजातन्त्र फेरि खतरामा परेको बताएका छन्।

बिहीबार रामेछापको मन्थली नगरपालिका–९ पुराना गाउँमा टीकाराज आरणको शालिक अनावरण कार्यक्रममा देउवाले प्रजातन्त्र माथि प्रत्यक्ष र अप्रत्यक्ष रुपमा आक्रमण सुरु भएको बताएका हुन्।

‘सरकारले विधेयकको नाममा प्रजातान्त्रिक अधिकार खोस्ने गरी काम गरिरहेको छ’, देउवाले भने। भोलि कुनै पनि बहानमा सहिदको वलिदान र रगतले स्थापना गरको प्रजातन्त्र खोसिन सक्ने बताउँदै देउवाले यो कुरा कांग्रेसलाई सैह्य नहुने बताए। वर्तमान सरकारले प्रत्यक्ष रुपले नेपालमा प्रजातन्त्र माथि आक्रमण गरेको पनि देउवाले आरोप लगाए।

नेपाली कांग्रेसका नेता टीकाराज आरणलाई २०५७ सालमा तत्कालीन माओवादी कार्यकर्ताहरुले घरैबाट नियन्त्रणमा लिई हत्या गरेका थिए। उनको स्मरणमा सो शालिक स्थापना गरिएको हो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083