उड्डनमन्त्री रवीन्द्र अधिकारी सहित सातै जनाको श्रद्धाञ्जली टुँडिखेलमा

5.75K
shares

काठमाडौं। ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाएका संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री रवीन्द्र अधिकारी सहित सातै जनाको शव श्रद्धाञ्जलीका लागि आज शुक्रबार ८ बजेदेखि टुँडिखेलमा राखिने भएको छ।

राति १ बजे पोस्टमार्टमको काम सकेपछि अस्पतालले शुक्रबार बिहान ८ बजे भित्र शव जिम्मा लगाउने जनाएको छ । बिहीबार नै श्रद्धाञ्जली सभा गरिने कार्यतालिका बनाइएको भएपनि पोस्टमार्टमका लागि समय लाग्ने भएकाले आज बिहान सम्मका लागि श्रञ्द्धाञ्जली सभा सारिएको थियो।

मन्त्री अधिकारीसहित मृतक ७ जनाकै पार्थीव शरीर टुडिखेलमा राखेर श्रद्धाञ्जली अर्पण गरिने छ । मृतकप्र्रति श्रद्धाञ्जली अर्पण गर्न राष्ट्रपति विद्यादेवी भण्डारी तथा उपराष्ट्रपति नन्दबहादुर पुन पनि टुँडिखेल पुग्नेछन्।

त्यस्तै मन्त्रिपरिषदका सदस्यहरु, उच्चपदस्थ सरकारी अधिकारी, विभिन्न राजनीतिक दलका नेताकार्यकर्ता तथा सर्वसाधारण टुँडिखेल पुग्नेछन्।