फ्राइडे रिलिज : अनमोल भर्सेज आशिरमान

16.09K
shares

काठमाडौं। महाशिवरात्रीको छेको पारेर आज शुक्रबारबाट दुई नयाँ फिल्म प्रदर्शनमा आएका छन्। फिल्म हुन् –‘क्याप्टेन’ र ‘दि ब्रेकअप’। फ्राइडे रिलिज अन्तर्गत यी दुबै फिल्म देशभर एकसाथ प्रदर्शनमा आएका हुन्। ‘क्याप्टेन’ दिवाकर भट्टराइले निर्देशन गरेको फिल्म हो, भने ‘द ब्रेकअप’का निर्देशक हेमराज विसी रहेका छन्।

‘द ब्रेकअप’

‘द ब्रेकअप’ आशिरमान देशराज जोशी र शिल्पा मास्केको मुख्य भूमिका रहेको फिल्म हो। प्रेम र विछोडको कथा बुनेको फिल्ममा रुपक थापा, दीपक खतिवडा, रेनु राणा र निर्देशक बिसीले संयुक्त लगानी रहेको छ।

फिल्ममा आशिर र शिल्पाका अलावा सरोज खनाल, रेनदास श्रेष्ठ, इच्छा कार्की लगायतका कलाकारको पनि अभिनय छ। अष्ट्रेलिया र नेपालमा छायाँकन गरिएको फिल्मलाई नरेन्द्र मैनालीले खिचेका छन्।

रुपक थापा, दीपक खतिवडा, रेनु राणा र निर्देशक बिसीको संयुक्त लगानीमा निर्माण भएको फिल्ममा सुरेन्द्र पौडेलको सम्पादन छ।

‘क्याप्टेन’

अनमोल केसीको अभिनय रहेको क्याप्टेन नेपाली फुटबलको बिषयमा निर्माण भएको फिल्म हो। बाबुको सपना साकार पार्न हिँडेको मध्यम वर्गीय परिवारको एक व्यक्तिले देशका लागि स्वर्ण पदक जित्ने यात्रामा सामाना गर्नु पर्ने चुनौती फिल्मले कथा बनाएको छ। फिल्ममा अनमोलको अपोजिटमा उपासना सिंह ठकुरी र प्रियंका एमभी रहेका छन्।

सामिप्यराज तिमल्सिनाको पटकथा, सुदिप बरालको छायाँकन रहेको फिल्ममा सुनिल थापा, प्रशान्त ताम्राकार, विल्सन विक्रम राई लगायतको अभिनय छ। फिल्ममा अभिनेत्री निरुता सिंह र अभिनेता भुवन केसीको पनि अभिनय छ।


divya collage
unigloble collage