रियल मड्रिडका कप्तान सर्जियो रामोसलाई दुई खेल प्रतिबन्ध

6.41K
shares

काठमाडौं। स्पेनिस क्लब रियल मड्रिडका कप्तान सर्जियो रामोस दुई खेलको प्रतिबन्धमा परेका छन्।

युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले रामोसलाई आगामी दुई खेलका लागि प्रतिबन्ध लगाएको हो। च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत आयाक्स विरुद्धको खेलमा फल गरेका कारण उनी प्रतिबन्धमा परेका हुन्। पहिलो लेगमा आयाक्सलाई २–१ गोलअन्तरले परािजत गर्ने क्रममा कप्तान रामोसले जानी जानी आयाक्सका खेलाडीलाई फल गरेको ठहर गर्दै युईएफएले उनलाई प्रतिबन्ध लगाएको हो।

कप्तान रामोसले खेलको ८९ औं मिनेटमा आयाक्सका क्यास्पर डोल्बर्गलाई फल गरेका थिए। उनले फल गरेपछि रेफ्रिले पहेँलो कार्ड दिएका थिए। तर पछि यूईएफएले अनुसन्धान गर्दै प्रतिबन्धमा लगाएको हो।

प्रतिबन्ध सँगै कप्तान रामोसले आयाक्ससँग हुने दोस्रो लेगको खेल गुमाउने भएको छ। मार्च ६ तारिखमा रियलले आफ्नै खेलमा आयाक्ससँग च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा प्रतिस्पर्धा गर्दैछ।


divya collage
unigloble collage