२ दिनमा अनमोल केसीको ‘क्याप्टेन’ले कती करोड कमायो ?
वि.सं.२०७५ फागुन १९ आइतवार १६:३२
shares

काठमाडौँ। शुक्रबार देखी देशभरका हलमा रिलिज भएको चलचित्र ‘क्याप्टेन’ले राम्रो व्यापार गरेको छ। चलचित्रले शुक्रबार औसत र शनिबार बम्पर कारोबार गरेको छ। शुक्रवार बिहानी शोमा केही समस्या देखिएको थियो तर चलचित्रले शुक्रबार दिउसो बाट पिकअप लिएको थियो। शनिबार चलचित्रले देश भरिका हलमा एकदम राम्रो व्यापार गरेको छ।
वितरक मनोज राठीले हिट नेपाललाई दिएको जानकारी अनुसार चल चित्र ‘क्याप्टेन’ले दुई दिनमा डेड करोड भन्दा माथिको व्यापार गरेको छ। तर यकिन तथ्याङ्क अझै आउन बाकी छ। नायक अनमोल केसीलाई पहिलो पटक फुटबल खेलाडीको रुपमा प्रस्तुत गरिएको चलचित्रमा प्रियङ्का एमभी, सुनिल थापा, प्रशान्त ताम्राकार, बुद्धि तामाङ, विल्सन विक्रम राई लगायतका कलाकारको पनि भूमिका छ।
दिवाकर भट्टराईको निर्देशनमा बनेको चलचित्रको निर्माता भुवन केसी र अनमोल केसी रहेका छन्। चलचित्रमा सामिप्यराज तिमल्सिनाको कथा रहेको छ।

























