पदभार ग्रहण गर्दै भट्टराईले भने: ‘कहिल्यै फिल्म क्षेत्रको अहित हुने काम गर्दिनँ’

6.47K
shares

काठमाडौं । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष केशव भट्टराईले आफ्नो पहिलो प्राथमिकतामा बक्स अफिस रहेको बताएका छन्। उनले बुधवार पदभार ग्रहणपछि पत्रकारहरु संगको कुराकानीमा यस्तो बताएका हुन्।

‘धेरै लामो समयपछि प्राप्त गरेको बक्स अफिसलाई मैले पहिलो प्राथमिकतामा राखेको छु, यो मेरो मात्र एजेन्डा होइन, सबैको साझा एजेन्डा हो, अध्यक्ष केशव भट्टराईले भने, ‘काठमाडौंमा लञ्च भएको केही समय भयो, माघ पछि काठमाडौं बाहिर पनि बक्स अफिस लागू गर्ने भनिएको थियो, अझै सुचारु भएको छैन, यो मेरो पहिलो प्राथमिकतामा छ।

निवर्तमान अध्यक्ष निकिता पौडेलले विकास बोर्डको अध्यक्ष पदबाट राजीनामा दिएपछि मन्त्रिपरिषद् बैठकले निर्माता भट्टराईलाई बिहीबार अध्यक्षमा नियुक्त गरेको हो। पदभारपछि उनले आफू चलचित्र क्षेत्रको विकासका लागि लागिपर्ने जनाए। उनले चलचित्रकर्मीको आफूप्रति ठूलो भरोसा रहेको र त्यो भरोसा कुनै पनि हालतमा नतोड्ने दावी गरे।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083