‘ए मेरो हजुर ३’ को ट्रेलरले तोड्यो ‘क्याप्टेन’ को रेकर्ड
वि.सं.२०७५ चैत १६ शनिवार ११:५२
shares

काठमाडौं। नेपाली सिनेमा क्षेत्रमा अनमोल केसीको लोकप्रियता त देखिँदै आएको हो। उनका फिल्महरुले लगानी भने सुरक्षित गरिदिँदा निर्माताहरु उनलाई रोज्ने गर्छन्। उनको अन्तरवार्ता समेत युट्युवमा ट्रेन्डिङमा पर्दे आएका छन्। अनमोलको फिल्मले मात्र होईन ट्रेलरले समेत रेकर्डहरु राख्ने गरेका छन्। यसैबीच अनमोलको फिल्म क्याप्टेनको ट्रेलर रेकर्ड ए मेरो हजुर ३ ले तोडेको छ।
अनमोलको क्याप्टेन ट्रेलर २४ घण्टामा ८ लाख १० हजारले हेरेका थिए भने ए मेरो हजुर ३ को ट्रेलरले सो रेकर्डलाई तोड्दै ८ लाख ११ हजारले हेरेका छन् । ट्रेलरलाई सकरात्मक बढि र नकरात्मक प्रतिक्रिया कम मिलेको छ। ट्रेलरमा अनमोल र डेब्यु नायिका सुहाना थापाबीचको केमेष्ट्रीलाई पनि औधी मन पराएका छन्। फिल्ममा अनमोल डबल भुमिकामा देखिएका छन्। फिल्ममा उनी सुपरस्टार गायक र साधारण गाँउका युवकको रुपमा देखिएका छन्। झरना थापाको दोस्रो निर्देशनमा बनेका ए मेरो हजुर ३ मा अनमोल र सुहानासंगै सलोन बस्नेत, अर्पण थापा, रेअर राई, रबिन्द्र झालगायतका कलाकारहरुको पनि अभियन रहेको छ।
सुनिल कुमार थापाले निर्माण गरेको यस फिल्ममा निर्देशक थापा र सुमन पौडेलको कथा , सञ्जय लामाको छायांकन, हिमाल केसीको द्वन्द्व,कविराज गहतराज, रामजी लामिछाने, प्रविन सिंह र राहुल शाहको कोरियोग्राफी, दिर्घ खड्काको सम्पादन ,सैलेश श्रेष्ठको ब्याकग्राउन्ड स्कोर र सत्यम राना र अचुत बजगाइँको भिएफएक्स रहेको छ। फिल्म चैत्र २९ गतेबाट अल नेपाल रिलिज हुँदैछ। जुन मितीमा नै सलिनमान बनियाँ स्टारर फिल्म यात्रा पनि एकसाथ रिलिज हुँदैछ।


























