बिहे भएको ४ महिनामै प्रियंका र निकको सम्बन्धविच्छेद यस्तो छ वास्तविकता
वि.सं.२०७५ चैत १७ आइतवार ११:१०
shares

काठमाडौं। बलिउड तथा हलिउडमा समेत आफ्नो स्थान बनाइसकेकी अभिनेत्री प्रियंका चोपडाले गत डिसेम्बरमा अमेरिकी पप गायक निक जोनससँग बिहे गरिन्। राजस्थानको जोधपुर शहरमा बिहे गरेका प्रियंका र निकको विवाहले लामो समयसम्म सञ्चार माध्यममा चर्चा पाइरह्यो।
लगभग ११ वर्षको वर्ष जेठी प्रियंकासँग विवाह बन्धनमा बाँधिएका २५ वर्षिय निक विवाहका हरेक तस्बिरमा प्रियंकासँगसँगै हरेक पलमा भाइरल भइरहे। उनीहरुको विवाहपछि हरेक सयम सञ्चार माध्यमको नजरमा परिरहेका प्रियंका र निकको विवाह भएको ४ महिना मात्रै पुगेको छ। तर ४ महिना नबित्दै यी दुईको बीचमा टकराव भएको हल्ला चलेको छ।
एक भारतीय म्यागाजिनका अनुसार यी दुईको बीच आजभोलि मनमुटाव सुरु भएको छ। र दुवैले छुट्टिने निर्णय लिने सोचमा रहेको बताइएको छ। सुत्रको अनुसार उनीहरुको बीचमा हरेका कुरामा लडाईं झगडा सुरु भएको छ। भारतीय सञ्चार माध्यममा उल्लेख भएअनुसार उनीहरुको झगडाको पछाडि हतारमा विवाह हुनु हो।
सुत्रको भनाईलाई उद्धृत गर्दै पञ्जाव केशरीले लेखेको छ निकले विवाहअघि प्रियंका समझदार युवती भएको महसुस गरेपनि विवाहपछि उनको व्यवहार ‘कन्ट्रोलिङ’ भएको आरोप लगाएका छन्। यद्यपि, प्रियंका निकट साथीभाईले यो समाचार हल्ला मात्रै भएको उल्लेख गरेका छन्। उनीहरु सुखी जीन्दगी विताइरहेको उनीहरुको दाबी छ। उनीहरु यतिबेला जोनस परिवारसँग मियामीमा छन्।


























