१० औं नेफ्टा अवार्ड चैत १५ गते

Nepal Life Insurance Long Ad

काठमाडौँ । दशौँ ‘नेफ्टा फिल्म अवार्ड’ नेपालमै हुने भएको छ । चलचित्र प्राविधिक सङ्घ नेफ्टाले ‘ड्रिम हाई नेपाल’सँगको सहकार्यमा उक्त अवार्ड कार्यक्रम आगामी चैत १५ गते टुँडिखेलमा आयोजना गर्न लागेको हो । यसअघिका चार अवार्ड कार्यक्रम विदेशमा आयोजना गरिएका थिए ।

राजधानीमा सोमबार आयोजित कार्यक्रममा नेफ्टा र ड्रिम हाइ नेपाल प्रालिले नेफ्टा अवार्डको घोषणा गरेको हो । दुई वर्षदेखि सो कार्यक्रम आयोजना गर्न सकिएको थिएन । नेफ्टाका अध्यक्ष पुष्कर लामाका अनुसार यसअघि नेफ्टाको छैटौँ संस्करण मलेसिय, सातौँ संस्करण कतार, आठौँ संस्करण हङकङ तथा नवौँ संस्करण युनाइटेड अरब इमिरेटस् युएईमा आयोजना गरिएको थियो । नेपाल भ्रमण वर्ष २०२० लाई ध्यानमा राखि कार्यक्रम नेपालमै गर्न लागेको उनले बताए । नेफ्टा फिल्म अवार्डमा उत्कृष्ट चलचित्र, अभिनेता, अभिनेत्री, वर्षको उत्कृष्ट जनजाती चलचित्र र लाइफटाइम एचिभमेन्ट अवार्ड गरी कूल ३७ विधा समावेश गरिनेछ ।

कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीले गरेका राम्रा कुरालाई चलचित्रको पर्दामा उतार्न चलचित्रकर्मीलाई आग्रह गरे । अभिनेताद्वय राजेश हमाल र भुवन केसीले नेपाली चलचित्रमा प्राविधिकले गरेको योगदानको प्रशंसा गरेका थिए । कार्यक्रममा पहिलो नेपाली नायिका भुवन चन्द, अभिनेत्री वसुन्धरा भुसाल, गौरी मल्ल, नीता ढुङ्गाना, पवित्रा आचार्य, जेविका कार्की, रिस्ता बस्नेत, चलचित्र निर्देशक तुलसी घिमिरे, रमेश उप्रेती, सलोन बस्नेत, कलाकार सन्तोष पन्त, निर्मल शर्मा, रवीन्द्र खड्का, आनन्द कार्कीलगायत उपस्थित थिए ।


स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

२०८२ जेठ ३० शुक्रवार

काठमाडौ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) बानेश्वर बहुमुखी क्याम्पसले सरसफाई...

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

२०८२ जेठ २७ मंगलवार

काठमाडौँ। नेपाल छाला जुत्ता उत्पादक संघको १४ औं वार्षकि साधारणसभा...

उपत्यका ट्राफिक प्रहरी कार्यालयकाे नयाँ कामकाे पहल  : रिफ्रेसमेन्टका लागि पदयात्रा कार्यक्रम सम्पन्न

उपत्यका ट्राफिक प्रहरी कार्यालयकाे नयाँ कामकाे पहल : रिफ्रेसमेन्टका लागि पदयात्रा कार्यक्रम सम्पन्न

२०८२ जेठ २५ आइतवार

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक प्रहरी कर्मचारीहरूको...

लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर अभियान सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर अभियान सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

२०८२ जेठ २३ शुक्रवार

काठमाडौ । लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर...

एसएसपी नवराज अधिकारीद्वारा “अनुगमन तथा ब्रिफिङ कार्यक्रम सम्पन्न”

एसएसपी नवराज अधिकारीद्वारा “अनुगमन तथा ब्रिफिङ कार्यक्रम सम्पन्न”

२०८२ जेठ २२ बिहीवार

काठमाडौ ।  काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख  (एसएसपी) नवराज...

एसएसपी अधिकारीले सम्हाले उपत्यका ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी

एसएसपी अधिकारीले सम्हाले उपत्यका ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी

२०८२ जेठ १९ सोमवार

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका प्रमुखको रुपमा एसएसपी...