सिनेमा हल खोल्न सरकारले दियाे अनुमति

काठमाडौँ । सरकारले सिनेमा हलहरु खोल्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रीपरिषद्को आकस्मिक बैठकले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सिनेमा हलहरु खोल्न दिने निर्णय गरेको हो ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले चैत्र ११ गतेदेखि लकडाउन गरेर सिनेमा हलहरु बन्द गरेको थियो । तर, लकडाउन खुलेपनि हलहरु खोल्न अनुमति नदिएपछि प्रदर्शकहरुले पौष १० गतेबाट एकतर्फी रुपमा हल खोलेका थिए ।

यद्यपि, सिनेमा हलले यसअघि नै प्रदर्शन भएका चलचित्रहरु प्रदर्शन गर्दा दर्शक सिनेमा हालसम्म पुगेका छैनन् । लामो समयदेखि सिनेमा हलहरु बन्द हुँदा चलचित्र क्षेत्रले करिब २ अर्ब रुपैयाँ घाटा बेहोर्नु परेको बताइएको छ ।

२७ पुस २०७७, सोमवार १४:०३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु