‘नेपाल विज्ञापन संघ’मा नयाँ नेतृत्व चयन

11.47K
shares

काठमाडौँ । नेपाल विज्ञापन संघको २१औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संघका अध्यक्ष रबिन्द्र कुमार रिजाल शशिको अध्यक्षता र सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।

कार्यक्रममा अध्यक्ष शशिले विज्ञापन क्षेत्रमा रहेका यावत समस्याहरुको वारेमा सभालाई जानकारी गराउँदै समस्या समाधानमा विशेष पहल गरिदिन मन्त्रीलाई अनुरोध गरेका छन् । संघका पूर्व अध्यक्ष भाष्करराज राजकर्णिकारले विज्ञापन व्यवसाय सम्बन्धी समस्या, चुनौति र समाधानको विषयमा उजागर गरे ।

विशेष अतिथिको रुपमा बोल्दै उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले विज्ञापन निति आवश्यक रहेको बताए । सञ्चारमन्त्री गुरुङले विज्ञापन वोर्डमा विज्ञापन संघको प्रतिनिधित्वि गराइने र यस क्षेत्रका समस्याहरु लिखित रुपमा जानकारी गराउन अनुरोध गरे ।

२१ औं बार्षिक साधारण सभाले संघको १०औं कार्यसमितिको चयन गरेको छ । २१ औं साधारण सभाले आगामि ३ बर्षको कार्यकालको लागि सोम प्रसाद धितालको नेतृत्वमा बरिष्ठ उपाध्यक्षमा नारायण कुमार श्रेष्ठ, प्रथम उपाध्यक्ष सुदिप थापा, द्वितिय उपाध्यक्ष पिताम्बर पोख्रेल बिजय, महासचिव कृष्ण प्रसाद घिमिरे, कोषाध्यक्ष पंकज लाल प्रधान, सचिव सन्तोष खड्का, सह–कोषाध्यक्ष जिवन पोख्रेल, सदस्यहरुमा क्रमशः साजन श्रेष्ठ, बिशाल पुरुष ढकाल, अरुणकाजी स्थापित, दिनेश पोख्रेल, कृष्ण मुरारी लामिछाने, बिधान राजभण्डारी बिजय भएक छन् । निर्वाचनमा तीन पद क्रमशः प्रथम उपाध्यक्ष, कोषाध्यक्ष, सह-कोषाध्यक्ष निर्विरोध चयन भएको छ ।

सदस्य पदमा १५ जना प्रत्यासी र वरिष्ठ उपाध्यक्ष, द्वितिय उपाध्यक्ष, महासचिव तथा सचिव पदमा २/२ जना प्रत्यासी थिए । संघको बिधान अनुसार वरिष्ठ उपाध्यक्षले वर्तमान कार्यसमितिको ‘एस भोट’बाट आगामि कार्यकालको लागि स्वतः अध्यक्ष रहने प्रावधान छ । संघमा आवद्ध सम्पूर्ण सदस्यले मतदान गरेका थिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083