लाइसेन्सको लिखित र ट्रायल परीक्षा अनिश्चितकालका लागि स्थगित

9.83K
shares

काठमाडौं । यातायात व्यवस्था विभाग बागमती प्रदेश अन्तर्गतको चाबहिल यातायात कार्यालयले अनिश्चितकालका लागि लाइसेन्सको लिखित र ट्रायल दुबै परीक्षा स्थगित गरेको छ ।

सोमबार एक सूचना जारी गर्दै परीक्षा निगरानीका लागि ट्राफिक प्रहरी नखटाइएकाले आजदेखि नै अनिश्चितकालका लागि लाइसेन्सको लिखित र प्रयोगात्मक दुबै परीक्षा स्थगित गरिएको कार्यालयले जनाएको हो ।