राप्रपाका अध्यक्ष पशुपति शमशेरलाई प्रहरीले हान्यो मुक्का !

7.8K
shares

काठमाडौ । आज २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस। पृथ्वी जयन्तीको अवसरमा विविध कार्यक्रम गरी मनाइँदैछ। यसै क्रममा २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मूल समारोह समितिको आह्वानमा काठमाडौंमा र्‍याली निकालिएको छ।

सिंहदरबारको पश्चिम गेटमा रहेको पृथ्वीनारायण शाहको प्रतिमामा माल्यार्पणको लागि सहभागीहरू त्यहाँ पुगेका छन्। जसले गर्दा त्यहाँ सुरक्षा व्यवस्था कडा पारिएको छ। उक्त क्षेत्रमा प्रहरी परिचालन गरिएको छ। प्रतिमा भएको क्षेत्रमा एक समूह प्रवेश दिइए पनि अरु समूहलाई बिच सडकमै रोखिएको छ । सहभागीले प्रहरी विरुद्ध नाराबाजी गरेका छन् । सो क्षेत्रमा आवातजावत गर्न पूर्ण रुपमा रोक लगाइएको छ। सडकपेटीमा हिँड्नेहरुमाथि प्रहरीले लाठीचार्ज गरेको छ।

प्रहरीले उक्त क्षेत्रमा जान रोक्न खोजे पनि सहभागीहरू अघि बढेका छन्। र्‍यालीमा प्रहरीले धरपकड गरेको छ। र्‍यालीमा सहभागीले प्रहरीविरूद्ध नाराबाजी गरेका छन्। भद्रकाली–सिंहदरबार क्षेत्रको अवस्था अहिले ‘तनावग्रस्त’ छ । प्रहरीले रोक्न खोजेको छ भने सहभागीहरु अघि बढ्न खोजिरहेका छन् । प्रहरीले राप्रपा अध्यक्ष पशुपतिशम्शेर जबरा लगायतलाई धरपकड गरेपछि केही समय धकेलाधकेल भएको हो । प्रदर्शनमा सहभागी एकजनाले भने, हाम्रा नेतालाई प्रहरीले मुक्का हानेपछि स्थिति असहज बनेको थियो ।

सहभागीहरूले अखण्ड नेपाल जिन्दावाद, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ, पृथ्वी नारायण शाह अमर रहून् लगायत नारा लगाइरहेका छन्। यो अभियानमा अभिनेत्री मनिषा कोइराला, पुर्व डिआईजी रमेश खरेल तथा भरत बस्नेतसहितको सक्रिय सहभागिता रहेको छ । समितिले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको महत्व बुझिदिन पनि सबैसँग आग्रह गरेको छ।