अञ्चल शाहीको नयाँ गीत “नेपालको राजनिती खाए खा नखाए घिच” सार्वजनिक

Nepal Life Insurance Long Ad

नेपालमा पछिल्लो समय राजनितीमा खिचातानी भैरहेको अवस्था छ । राजनिती कै कारण देश तहस नहस भएको छ । नेपालका भ्रष्ट नेताहरुले गर्दा सोझा जनताहरुले दु:ख पाईरहेका छन् ।

यसै कुरालाई मध्यनजर गर्दै हट गजलकार अञ्चल शाहीको नयाँ गीत “नेपालको राजनिती खाए खा नखाए घिच” सार्वजनिक भएको छ । यस गीतमा अञ्चल शाहीको शब्द रहेको छ भने सुवास थापा मगरको संगीत रहेको छ ।

सो गीतमा सुवार थापा मगर, दिपक घर्ती मगर, मुकेश पुलामी मगर, रुपी सिंजाली, किशान काले, मनु सापकोटा, प्रकाश रसाईली भाबुक, अशिम चन्द बिक, प्रकाश गौतम र चक्र बिकको स्वर रहेको छ । यस गीतको निर्माता कमल बिम्ब हुन् भने एरेञ्ज चाहिँ डोलराज बारघरे मगरले गरेका हुन् ।

अञ्चल शाहीकै निर्देशन रहेको गीतमा समिर रामदाको छायांकन, सम्पादन रहेको छ । सोही गीतको भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला ।

२८ माघ २०७७, बुधवार १३:२७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु