चलचित्र ‘लम्फू’को म्युजिक भिडियो सार्वजनिक

6.76K
shares

चलचित्र ‘लम्फू’को ‘गोजीमा सुको नहोस यार’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।
प्रमोद ढुंगानाको शब्द, अजुर्न पोखरेलको संगीत र शिव परियारको स्वर रहेको यस गीतको म्युजिक भिडियोमा कविर खड्का र सलोन बस्नेत मुख्य फिचरिङमा छन्। गीतको भिडियोका कोरियोग्राफी शिव विकले तायर पारेका हुन्।

वैशाख २८ मा सार्वजनि प्रदर्शनीको मिति तय भएको छ। यसअघि ‘लम्फू’का दुई गीत र ट्रेलर सार्वजनिक भैसकेका छन्। गीतमा युवा अवस्थामा पैसा नहुँदा पनि जिन्दगीलाई रमाइलोसँग बिताउनुपर्छ भन्ने सन्देश दिन खोजेको छ।

गोपालचन्द्र लामिछानेको निर्देशनमा तयार ‘लम्फू’मा कबिर खड्का, मरिश्का पोखरेल, सलोन बस्नेत, कुशुम श्रेष्ठ, चाँदनी शर्मा, सञ्जित भण्डारी,आयन खड्का, ओम गुरुङ्ग लगायतको अभिनय रहेको छ। चलचित्रमा शक्तिबल्लभ घोरासैनीको निर्माण, भूपतिको लेखन, दीपक बज्राचार्यको छायांकन, हरि सिलवालको सम्पादन रहेको छ।


divya collage
unigloble collage