चेल्सीले बर्नलीलाई हरायो

वि.सं.२०७५ वैशाख ७ शुक्रवार १८:१३
shares

चेल्सीले बर्नलीलाई हराउदै
काठमाडौं । साबिक विजेता चेल्सी यो सिजन इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष चारमा पर्नका लागि संघर्षरत रहेका छन् । लिग अन्तर्गत बिहीबार राति भएको खेलमाजित निकाल्दै चेल्सीले शीर्ष चारमा उक्लिने सम्भावना कायम राखेको छ ।
मैदानमा भएको खेलमा चेल्सीले बर्नलीलाई २–१ ले हराएको हो । चेल्सीको जितमा भिक्टर मोसिसले एक गोल गरे भने बर्नलीका केविन लङ्गले आत्मघाती गोल गरेका थिए ।
२० औँ मिनेटमा लङ्गले आत्मघाती गोल गरेपछि चेल्सीले पहिलो हाफमा १–० को अग्रता लियो । ६४ औँ मिनेटमा बार्नेसले बर्नलीका लागि बराबरी गोल फर्काए । तर त्यसको पाँच मिनेट पछि मोसिसले चेल्सीका लागि गोल गरे र २–१ को जित पक्का गरे ।
जित पछि पाँचौँ स्थानमा रहेको चेल्सीको लिगका चार खेल बाँकी हुँदा ६३ अंक भएको छ र उ चौथो स्थानको टोटनह्याम भन्दा पाँच अंकले पछि रहेको छ । ५२ अंक सहित बर्नली सातौँ स्थानमा छ ।