एआईजी टेक तामाङद्धारा सिर्जित गीत ‘एउटा जून’ को म्युजिक भिडियो सार्वजनिक

Nepal Life Insurance Long Ad

काठमाडौं । गीतकार एवं प्रहरी अतिरिक्त महानिरक्षिक (एआइजी) टेक तामाङको शब्द रचनामा सिर्जित नयाँ गीत ‘एउटा जून’ सार्वजनिक भएको छ । शुक्रवार सार्वजनिक गीतमा वरिष्ठ सङ्गीतकार आलोकश्रीको सङ्गीत र नरेन्द्र वियोगीले सङ्गीत संयोजन गरेका छन् ।

गीतमा प्रयोग भएका शब्दहरूले प्रेम, समर्पण र जीवनको सुन्दरतालाई विशेष महत्त्व दिएका छन् । प्रल्हाद तिमल्सिनाको स्वरबद्व गीतको भावमा आकाशको जूनसँगै आफ्नो प्रेमीलाई तुलना गरेका छन् । गीतमा भनिएको छ,‘फुलहरूको सुन्दर फूल, गुलाबसँग तुलना गर्दै प्रेमीलाई प्रसङ्ग गरिएको छ ।’

सुव्रत आचार्यद्वारा निर्देशित यो गीतको भिडियोमा प्राकृतिक दृश्यहरू, प्यारो सम्बन्धको क्षणहरू र जीवनका विभिन्न रङ्गहरूको झल्को देखाइएको छ।

भिडियोमा ऋचा थापा तथा प्रभात ठकुरीले फिचरिङ गरिएको छ । उत्सव दाहालद्वारा छायाङ्कन गरिएको यो भिडियोमा विष्णु खड्काको सम्पादन तथा कलर करेक्सन रहेको छ ।

(भिडियो सहित)

१७ असार २०८१, सोमवार १७:४७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु