जिल्ला प्रहरी कार्यालय बाँकेद्धारा ३९ लाख बराबरको अवैध सामान बरामद
प्रहरी कार्यालय बाँकेको सफलता, भन्सार छलि गरी ल्याएको सामानहरु बरामद

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेद्धारा अवैध रुपमा भन्सार छलि गरी ल्याएको ३८ लाख ३९ हजार दुई सय मुल्य बराबरको सामानहरु बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले नेपालगंज उपमहानगरपालिका २ नम्बर वडा न्युरोड भानुभक्त चोक स्थित सोनी गुप्ताको घरबाट भारतबाट अवैध रुपमा भन्सार छलि गरी ल्याएको कुर्ता सुरुवाल ४,२७४ पिस त्यसै गरी साडी ८४० पिस सामानहरु बरामद गरेको हो ।
पक्राउ परेका ब्यक्ति सोनी गुप्ता बरामत सामानसहित आवश्यक कारबाहीको लागि भन्सार कार्यालय नेपालगंज बाँकेमा बुझाईएको प्रहरी उपरीक्षक (एसपी) तुल बहादुर कार्कीले जानकारी दिए ।
यतिबेला जिल्ला प्रहरी कार्यलय बाँकेको प्रमुख प्रहरी उपरीक्षक (एसपी) तुल बहादुर कार्की रहेका छन् । एसपी कार्कीले बाँकेको कमान्ड सम्हाले देखि विविध क्षेत्रमा उल्लेखनीय सुधारका कामहरु हुँदै आएको छ । प्रहरी संगठनभित्र उनी एक सफल प्रहरी अधिकृतको रुपमा चिनिन्छन् ।
बरामत सामानहरु
१७ असार २०८१, सोमवार १८:३० बजे प्रकाशित