संगीता पहरी र रामकुमार नेपालीको ‘रोई हिड्ने गरायो’ शिर्षकको नँया गीत सार्वजनिक (भिडियोसहित)

Nepal Life Insurance Long Ad

काठमाडौं । गायिका संगीता पहरी र गायक रामकुमार नेपालीको काठे लोकदोहोरी  ‘रोई हिड्ने गरायो’  शिर्षकको नँया गीत सार्वजनिक भएको छ ।

गीतमा मायाप्रेममा आउने खटपटलार्ई दोहोरीको रुपमा प्रस्तुत गरिएको छ । सुरुमा माया प्रेमममा पर्ने तर पछी सामान्य विवादले पनि एकले अर्कोलाई छोडेर हिड्ने प्रवृतिलाई पनि गीतले उठान गरेको छ ।

गीतमा शंब्द/ संगीत अमृत भारतीले गरेका छन् भने कुमार सानु पुनले गीतमा मिक्सिङ तथा मास्टरिङ गरेका छन् । त्यसै गरी सागर पुनको रेकर्डिस्ट, सन्तोष तिमल्सिनाको सिनेम्याटोग्राफी, कल्पेश विश्वकर्माको भिडियो सम्पादन रहेको गीतको भिडियो निर्देशन भने रामकुमार नेपालीले नै गरेका छन् ।

भिडियोमा सुरज नेपाल, तिरसना बराइली र करिश्मा पहरीको अभिनय रहेको छ । गीत संगीता पहरी युट्युव च्यानलबाट सार्वजनिक भएको हो ।

(भिडियोसहित )

३० असार २०८१, आइतवार १९:३७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु