खेलाडी तथा अफिसियलहरूलाई सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न

4.98K
shares

काठमाडौ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठानका कार्यकारी निर्देशक एवम् खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

अखिल नेपाल फुटबल संघको आयोजनामा सञ्चालन भईरहेको “LALIT MEMORIAL ANFA U-18 LEAGUE FOOTBALL TOURNAMENT 2024” मा नेपाल प्रहरीको तर्फबाट सहभागी खेलाडी तथा अफिसियलहरूलाई प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीद्धारा आज एक कार्यक्रमका बिच खेल सामाग्री हस्तान्तरण गर्नुका साथै प्रतियोगितामा उच्च प्रदर्शनको लागि शुभकामना समेत व्यक्त गर्नु भयो ।

May be an image of 3 people and text

कार्यक्रमको अन्त्यमा शुभकामना तथा निर्देशन सम्बोधनको क्रममा प्रमुख अतिथिले ‘शहिद स्मारक ए डिभिजन लिग २०७९’ मा नेपाल प्रहरीले प्राप्त गरेको “Fair Play Team Award” को स्मरण गर्दै नेपाल प्रहरी एक अनुशासित संगठन रहेको हुँदा उच्च अनुशासनमा रही आफ्नो खेल कौशल प्रदर्शन गर्न हुन समेत निर्देशन दिनु भयो ।

उक्त कार्यक्रममा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सह(सचिव राजन अधिकारी, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य लगायत सिनियर प्रहरी अधिकृतहरु समेतको उपस्थिति रहेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083