आमा बन्दैछिन् एक्ट्रेस इलियाना डिक्रुज

7.23K
shares

एजेन्सी। आफ्नो नीजि जीवनलाई मिडियाबाट गोप्य राख्न सफल बलिउड अभिनेत्री इलियाना डिक्रुजको जीवनको एउटा महत्वपूर्ण अवस्थालाई मिडियाहरुले थाहा पाएको विश्वास गरेका छन् ।

पहिले आफ्नो प्रेमीलाई मिडियाको नजरबाट लुकाएर गोप्य विवाह गरेकी इलियाना अहिले आमा बन्न लागेको मिडियाले विश्वास गरेका छन् । मुम्बई मिररको रिपोर्ट अनुसार इलियाना गर्भवती छिन् । हालै एउटा एयरपोर्टमा इलियानाको तस्वीर लिने क्रममा उनले आफ्नो पेटलाई ढाक्ने प्रयास गरेकी थिइन् ।

यस्तै खबरहरुको बीच इलियानाका कथित श्रीमान् अष्ट्रेलियाली फोटोग्राफर एन्ड्रयु निबोनले इलियानाको एउटा सुन्दर तस्वीर सामाजिक सञ्जालामा शेयर गरेका थिए । उक्त तस्वीरमा इलियाना बाथ टबमा लडिरहेको देखिएकी थिइन् । त्यसको क्याप्सनमा लेखिएको थियो, ‘एक प्रकारले, केही एक्लो समय बिताउँदै ’ । एन्ड्रयुको त्यस्तो क्याप्सनले तस्वीर लिएको समयमा इलियानाको साथमा उनको श्रीमान् बाहेक अन्य कोही पनि थिए भन्ने मिडियाले अड्कल काटेका छन् । मिडियाको अनुसार आफ्नो हुनेवाला बच्चाको बारेमा एन्ड्रयुको त्यो आलंकारिक संकेत हो ।

 


Mitsubishi Long Ad