बराबरीका आधारमा एकता गर्नै हुन्न भन्ने पक्षमा माधव नेपाल : प्रचण्ड

Nepal Life Insurance Long Ad

काठमाडौं। लेनिन जयन्ती र पार्टी स्थापनाको दिवस पारेर आजै गर्ने भनिएको एमाले–माओवादी केन्द्रबीचको एकता आज किन हुन सकेन, आइतबार ९ बैशाखको पार्टी केन्द्रीय कार्यालय हेडक्वार्टर को बैठकमा अध्यक्ष प्रचण्डले पार्टी एकतामा परेको सबैभन्दा ठूलो जटिलना केन्द्रीय समितिमा बाँडफाँट हो र समानताका आधारमा बाँडफाँट हुनुपर्छ भन्नेमा बरिष्ठ नेता माधव नेपाल बाधकको रुपमा देखिएकाले पार्टी एकतामा समस्या भएको जनाएका छन् ।

‘एमाले अध्यक्ष केपी शर्मा ओलीपनि समानताका आधारमा पार्टी एकता हुनुपर्छ भन्ने पक्षमा हुनुहुन्छ, तर यसरी नजान म माथि पार्टीभित्रै बाट ठूलो दबाब छ भनेर उहाँले आफ्नो बाध्यता सुनाउनु भएको छ’ बैठकमा एकतामा देखिएका बाधाबारे जानकारी दिँदै प्रचण्डले भने, ‘मैले बुझ्दा बराबरीका आधारमा एकता गर्नै हुन्न भनेर माधव नेपालले दबाब दिनुभएको बुझिन्छ।’

बैठकमा प्रचण्डले बताए अनुसार, ओलीले अहिले निश्चित प्रतिसतका आधारमा एकता गरौं र अरु कुरा पछि मिलाऊँ भन्ने प्रस्ताव राखेका छन्। र, जवाफमा आफूलेपनि ओलीसँग बराबरीका आधारमा एकता गर्नुपर्छ, नत्र माओवादी केन्द्रका साथीहरुले मान्दैनने भन्ने जानकारी ओलीलाई गराएका छन्।

सैद्धान्तिक विषयमा चाहिँ त्यति ठूलो विवाद नरहेको रिपोर्टिङपनि प्रचण्डले बैठकमा गरेका छन्। ‘मुख्य समस्या भनेको कसरी सम्मानजनक एकता गर्ने भन्ने नै हो, सम्मानजनक एकताका लागि ओलीजी सहमत भएपनि माधव नेपालजीले गर्दा समस्या भएको हो’ प्रचण्डले बैठकमा भने, ‘केन्द्रीय समितिको समायोजनमा कुरा मिल्नासाथ पार्टी एकता टुङ्गिन्छ।’


संसद्को अवरोध खुलाउन दुई बुँदामा सहमतिको प्रयास

संसद्को अवरोध खुलाउन दुई बुँदामा सहमतिको प्रयास

२०८२ जेठ २९ बिहीवार

प्रतिनिधिसभाको जारी अवरोध खुलाउन २ बुँदामा सहमतिको प्रयास भएको छ...

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

२०८२ जेठ २७ मंगलवार

काठमाडौँ। नेपाल छाला जुत्ता उत्पादक संघको १४ औं वार्षकि साधारणसभा...

अखिल (क्रान्तिकारी) काे बाजुरा जिल्ला इन्चार्जमा शंकर बहादुर सार्कीलाई जिम्मेवारी

अखिल (क्रान्तिकारी) काे बाजुरा जिल्ला इन्चार्जमा शंकर बहादुर सार्कीलाई जिम्मेवारी

२०८२ जेठ २३ शुक्रवार

काठमाडौँ  । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन...

जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छः  प्रधानमन्त्री

जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छः प्रधानमन्त्री

२०८२ जेठ २१ बुधवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समभाव र समनताको विकास...

वाईसिएल विशेष प्रदेश सचिवमा खोटाङ्गका प्रभात राई निर्वाचित

वाईसिएल विशेष प्रदेश सचिवमा खोटाङ्गका प्रभात राई निर्वाचित

२०८२ वैशाख २९ सोमवार

काठमाडौ । योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपाल विशेष प्रदेश समितिको...

YCL नेपाल १ नम्बर विशेष प्रदेशको जिल्ला भेला सम्पन्न

YCL नेपाल १ नम्बर विशेष प्रदेशको जिल्ला भेला सम्पन्न

२०८१ चैत २३ शनिवार

काठमाडौं। YCL,नेपाल विशेष १ नम्बर प्रदेशको जिल्ला भेला सम्पन्न भएकाे...