मिनभवनमा बाटो काट्दै गरेकी वृद्धाको सवारी ठक्करबाट मृत्यु

6.55K
shares

काठमाडौँ । शनिबार राति मिनभवनमा भएको ‘हिट एन्ड रन’ मा संलग्न सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

राति ९ बजे बाटो काट्दै गरेकी वृद्धालाई सवारी साधनले ठक्कर दिएको छ । सवारी साधनको ठक्करबाट गम्भीर घाइते भएकी ती वृद्धाको मिनभवनस्थित सिभिल अस्पतालमा उपचारको क्रममा राति नै मृत्यु भएको बताए ।

प्रहरीका अनुसार मृतक वृद्धाको सनाखत हुन सकेको छैन ।महानगरीय प्रहरी वृत्त बानेश्वरका अनुसार दुर्घटनामा संलग्न सवारी साधनको पहिचान नखुलेको बताए । सिसिटिभी फुटेजका आधारमा प्रहरीले आइतबार बिहान सवारी साधनको पहिचान गरी नियन्त्रणमा लिएको हो ।

महानगरी ट्राफिक प्रहरी महाशाखाका प्रवक्तासमेत रहेका एसपी जीवनकुमार श्रेष्ठका अनुसार दुर्घटनामा संलग्न टिपरलाई क्षेत्रपाटीबाट नियन्त्रणमा लिइएको हो । ‘हामीले ठक्कर दिने सवारी साधनको हुलियालाई केन्द्रमा राखेर अनुसन्धान तथा खोजतलास गरेका उनले भने, ‘सोही क्रममा क्षेत्रपाटीमा टिपर फेला परेको हो ।’

त्यसअघि प्रहरीले केही सवारी साधनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । यसअघि, मिनभवनमै बिहानै मर्निङवाकमा निस्किएका बसुन्धारास्थित इसान बाल तथा महिला अस्पतालमा कार्यरत डाक्टर प्रभु जोशीलाई बसले ठक्कर दिँदा मृत्यु भएको छ । उक्त सवारीलाई पनि सीसी टिभी फुटेजको आधारमा दुई दिनपछि फेला पारेको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083