मिनभवनमा बाटो काट्दै गरेकी वृद्धाको सवारी ठक्करबाट मृत्यु

Nepal Life Insurance Long Ad

काठमाडौँ । शनिबार राति मिनभवनमा भएको ‘हिट एन्ड रन’ मा संलग्न सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

राति ९ बजे बाटो काट्दै गरेकी वृद्धालाई सवारी साधनले ठक्कर दिएको छ । सवारी साधनको ठक्करबाट गम्भीर घाइते भएकी ती वृद्धाको मिनभवनस्थित सिभिल अस्पतालमा उपचारको क्रममा राति नै मृत्यु भएको बताए ।

प्रहरीका अनुसार मृतक वृद्धाको सनाखत हुन सकेको छैन ।महानगरीय प्रहरी वृत्त बानेश्वरका अनुसार दुर्घटनामा संलग्न सवारी साधनको पहिचान नखुलेको बताए । सिसिटिभी फुटेजका आधारमा प्रहरीले आइतबार बिहान सवारी साधनको पहिचान गरी नियन्त्रणमा लिएको हो ।

महानगरी ट्राफिक प्रहरी महाशाखाका प्रवक्तासमेत रहेका एसपी जीवनकुमार श्रेष्ठका अनुसार दुर्घटनामा संलग्न टिपरलाई क्षेत्रपाटीबाट नियन्त्रणमा लिइएको हो । ‘हामीले ठक्कर दिने सवारी साधनको हुलियालाई केन्द्रमा राखेर अनुसन्धान तथा खोजतलास गरेका उनले भने, ‘सोही क्रममा क्षेत्रपाटीमा टिपर फेला परेको हो ।’

त्यसअघि प्रहरीले केही सवारी साधनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । यसअघि, मिनभवनमै बिहानै मर्निङवाकमा निस्किएका बसुन्धारास्थित इसान बाल तथा महिला अस्पतालमा कार्यरत डाक्टर प्रभु जोशीलाई बसले ठक्कर दिँदा मृत्यु भएको छ । उक्त सवारीलाई पनि सीसी टिभी फुटेजको आधारमा दुई दिनपछि फेला पारेको छ ।


नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

२०८२ जेठ २७ मंगलवार

काठमाडौँ। नेपाल छाला जुत्ता उत्पादक संघको १४ औं वार्षकि साधारणसभा...

उपत्यका ट्राफिक प्रहरी कार्यालयकाे नयाँ कामकाे पहल  : रिफ्रेसमेन्टका लागि पदयात्रा कार्यक्रम सम्पन्न

उपत्यका ट्राफिक प्रहरी कार्यालयकाे नयाँ कामकाे पहल : रिफ्रेसमेन्टका लागि पदयात्रा कार्यक्रम सम्पन्न

२०८२ जेठ २५ आइतवार

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक प्रहरी कर्मचारीहरूको...

लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर अभियान सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर अभियान सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

२०८२ जेठ २३ शुक्रवार

काठमाडौ । लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर...

प्रहरी कार्यालय पर्सा र ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा “ट्राफिक सप्ताह २०८२” शुरु

प्रहरी कार्यालय पर्सा र ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा “ट्राफिक सप्ताह २०८२” शुरु

२०८२ जेठ २२ बिहीवार

पर्सा ।  जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी...

एसएसपी नवराज अधिकारीद्वारा “अनुगमन तथा ब्रिफिङ कार्यक्रम सम्पन्न”

एसएसपी नवराज अधिकारीद्वारा “अनुगमन तथा ब्रिफिङ कार्यक्रम सम्पन्न”

२०८२ जेठ २२ बिहीवार

काठमाडौ ।  काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख  (एसएसपी) नवराज...

एसएसपी अधिकारीले सम्हाले उपत्यका ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी

एसएसपी अधिकारीले सम्हाले उपत्यका ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी

२०८२ जेठ १९ सोमवार

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका प्रमुखको रुपमा एसएसपी...