छैटौँ नुवाकोट महोत्सव माघमा

Nepal Life Insurance Long Ad

नुवाकोट । ‘धार्मिक ऐतिहासिक कला संस्कृतिको संवद्र्धन दिगो आर्थिक विकासका लागि व्यावसायिक प्रवद्र्धन’ भन्ने मूल नाराका साथ छैटौँ नुवाकोट महोत्सव आगामी माघ १६ देखि २६ गतेसम्म हुने भएको छ । नुवाकोट उद्योग वाणिज्य सङ्घको आयोजनामा हुने महोत्सव बट्टारस्थित बसपार्क क्षेत्रमा हुनेछ । सङ्घका अध्यक्ष ताराबहादुर कार्कीले ११ दिनसम्म सञ्चालन हुने महोत्सवले नेपाल भ्रमण वर्ष र नुवाकोटको आर्थिक समृद्धिलाई टेवा पु-याउने बताए ।

सङ्घका पूर्वअध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य राजन श्रेष्ठले नुवाकोटको सम्भावनाका बारेमा विज्ञहरु ल्याएर ‘इन्भेस्टमेन्ट टक’ समेत गरिने बताए । सङ्घका प्रवक्ता सबिन राजभण्डारीले महोत्सवमा जिल्लाका स्थानीय उत्पादन, घरेलु उत्पादन, हस्तकलाका सामग्री र जिल्लामा १२ वटै स्थानीय तहको पहिचानसहितका कक्ष राखिने जानकारी दिए ।

महोत्सवमा २४० कक्ष रहनेछ ।सङ्घमा आबद्ध सदस्यलाई २५ प्रतिशत छुटमा महोत्सवका कक्ष उपलब्ध गराइने निर्णयसमेत भएको सङ्घले जनाएको छ । महोत्सव सञ्चालनका लागि सङ्घका अध्यक्ष कार्कीको संयोजकत्वमा ११ सदस्यीय मूल कार्य सञ्चालन समिति र ३० उपसमिति गठन गरिएको सङ्घका द्वितीय उपाध्यक्ष सन्तोष उप्रेतीले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।


स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

२०८२ जेठ ३० शुक्रवार

काठमाडौ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) बानेश्वर बहुमुखी क्याम्पसले सरसफाई...

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

२०८२ जेठ २७ मंगलवार

काठमाडौँ। नेपाल छाला जुत्ता उत्पादक संघको १४ औं वार्षकि साधारणसभा...

उपत्यका ट्राफिक प्रहरी कार्यालयकाे नयाँ कामकाे पहल  : रिफ्रेसमेन्टका लागि पदयात्रा कार्यक्रम सम्पन्न

उपत्यका ट्राफिक प्रहरी कार्यालयकाे नयाँ कामकाे पहल : रिफ्रेसमेन्टका लागि पदयात्रा कार्यक्रम सम्पन्न

२०८२ जेठ २५ आइतवार

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक प्रहरी कर्मचारीहरूको...

लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर अभियान सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर अभियान सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

२०८२ जेठ २३ शुक्रवार

काठमाडौ । लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर...

प्रहरी कार्यालय पर्सा र ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा “ट्राफिक सप्ताह २०८२” शुरु

प्रहरी कार्यालय पर्सा र ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा “ट्राफिक सप्ताह २०८२” शुरु

२०८२ जेठ २२ बिहीवार

पर्सा ।  जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी...

एसएसपी नवराज अधिकारीद्वारा “अनुगमन तथा ब्रिफिङ कार्यक्रम सम्पन्न”

एसएसपी नवराज अधिकारीद्वारा “अनुगमन तथा ब्रिफिङ कार्यक्रम सम्पन्न”

२०८२ जेठ २२ बिहीवार

काठमाडौ ।  काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख  (एसएसपी) नवराज...