वर्षा र हिमपातमा आजबाट सुधार : दिउँसोबाटै घाम लाग्ने

Nepal Life Insurance Long Ad

काठमाडौं । केही दिनदेखि जारी बदली, वर्षा र हिमपातमा आजबाट क्रमिक सुधार हुने मौसम पूर्वानुमान महाशाखाले प्रक्षेपण गरेको छ । गत बुधबार देशको पश्चिम भेगबाट प्रवेश गरेको पश्चिम न्यून चापीय प्रणालीका कारण उच्च हिमाली भेगमा हिमपात र पहाडी र तराई क्षेत्रमा वर्षा भएको थियो । वर्षाका कारण चिसोसमेत बढेको छ । तर, यो प्रणाली शनिबारबाट कमजोर बन्दै गएकाले मौसममा क्रमिक सुधार हुने मौसमविद् विभूति पोखरेलले जानकारी दिइन् ।

‘बुधबारदेखि प्रवेश गरेको पश्चिम न्यून चापीय प्रणाली विस्तारै कमजोर हुँदै गएकाले आजबाटै मौसम सुधारिँदै जानेछ,’ मौसमविद् पोखरेलले अनलाइनखबरसँग भनिन् । काठमाडौंमा शनिबार बिहानैदेखि हुस्सु लागेको छ । मौसमविद् पोखरेलका अनुसार, केहीबेर काठमाडौं उपत्यकामा बदली भए पनि दिउँसोबाट घाम लाग्नसक्ने सम्भावना छ ।

यद्यपि, भोलिबाट भने काठमाडौंसहित देशका अधिकांश भूभागको मौसम घमाइलो हुने पोखरेलले जानकारी दिइन् । ‘आज घाम र बदलीबीच लुकामारी चले पनि भोलिबाट भने काठमाडौंसहित देशका अधिकांश भागमा घाम लाग्ने देखिन्छ,’ मौसमविद् पोखरेलले भनिन् ।

उच्च पहाडी तथा हिमाली भेग भने आज दिनभर नै हिमपातको जोखिममा पर्नसक्ने सम्भावना मौसम पूर्वानुमान महाशाखाले औंल्याएको छ । उसले आवश्यक सतर्कता अपनाउन पनि यो क्षेत्रका सर्वसाधारणलाई अनुरोध गरेको छ ।


सडक र सवारी लक्षित मनसुनजन्य विपद् न्यूनिकरण अभियान-२०८२ शुभारम्भ कार्यक्रम सम्पन्न

सडक र सवारी लक्षित मनसुनजन्य विपद् न्यूनिकरण अभियान-२०८२ शुभारम्भ कार्यक्रम सम्पन्न

२०८२ असार ६ शुक्रवार

काठमाडौ । सडक र सवारी लक्षित मनसुनजन्य विपद् न्यूनिकरण अभियान-२०८२...

स्थलगत अवलोकन भ्रमण तथा निरीक्षण कार्यक्रम सम्पन्न

स्थलगत अवलोकन भ्रमण तथा निरीक्षण कार्यक्रम सम्पन्न

२०८२ असार ५ बिहीवार

बिराटनगर ।  स्थलगत अवलोकन भ्रमण तथा निरीक्षण कार्यक्रम सम्पन्न भएको...

“जल उत्पन्न प्रकोप उद्दार प्रतिकार्य सम्बन्धि अनुशिक्षण तालिम समापन कार्यक्रम” सम्पन्न

“जल उत्पन्न प्रकोप उद्दार प्रतिकार्य सम्बन्धि अनुशिक्षण तालिम समापन कार्यक्रम” सम्पन्न

२०८२ असार ५ बिहीवार

काठमाडौ । मनसुनजन्य विपद्को लागी तयारी अभियान अन्तर्गत “जल उत्पन्न...

बाताबरण ब्यवस्थापन विभागकाे सहयाेगमा स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा डस्विन हस्तान्तरण

बाताबरण ब्यवस्थापन विभागकाे सहयाेगमा स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा डस्विन हस्तान्तरण

२०८२ असार ४ बुधवार

काठमाडौ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) बानेश्वर बहुमुखी क्याम्पसले २० वटा...

राजनीति नेतृत्वले युवामा जन्माएको वितृष्णा !

राजनीति नेतृत्वले युवामा जन्माएको वितृष्णा !

२०८२ असार २ सोमवार

समस्या यो व्यवस्थामा होइन, नेता र सरकारमा छ । अहिलेको वितृष्णा...

स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

२०८२ जेठ ३० शुक्रवार

काठमाडौ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) बानेश्वर बहुमुखी क्याम्पसले सरसफाई...