पूर्वप्रधानमन्त्री झलनाथ खनालले गरे पल्युलिङ्ग गुम्बाको उद्घाटन

15.38K
shares

मुक्तिखबर,काठमाडौ ।

पल्युलिङ्ग गुम्बाको शुक्रबार एक समारोहकाबीच पूर्वप्रधानमन्त्री झलनाथ खनालको प्रमुख आतिथ्यता तथा पूर्वकानुन मन्त्री शेर बहादुर तामाङ र धार्मिक गुरुहरुको उपस्तिथिमा पालेनिङ्ग गुम्बा शिलान्यास कार्यक्रम सम्पन्न भएको हो।

बुद्ध धर्मावलम्बीहरुको आस्थाको केन्द्रमा रहेकोे उक्त गुम्बा शिलान्यास कार्यक्रममा बौद्ध धर्मगुरुहरु तथा उच्च राजनीतिक तवरका नेता तथा अन्तर्रास्ट्रिय नियोगका प्रमुखहरुको समेत उपस्थिति रहेको थियो।

धर्म गुरु तथा पालेलिङ्ग्क गुम्बाका संरक्षक पुर्व मन्त्री डा. ल्यारक्याल लामा(खेम्पो)को संरक्षणमा निर्माण हुन लागेको उक्त गुम्बामा करीब ५ रोपनी क्षेत्रफलमामा रहेको बुढानिलकण्ठ नगरपालिका डाडाँगाउँमा निर्माण हुन लागेको हो।

सिद्धाथ फाउन्डेसनद्वारा संचालन भएको पल्युलिङ्ग निम्नमाध्यमिक विद्यालयमा हाल २०० जना लामाहरु अध्ययन गरिरहेका छन् ।

उक्त गुम्बा समुन्द्री सहतहदेखि झण्डै ३५०० फिट उचाइमा रहेको डाडाँ गाउँमा निर्माण हुन लागेको गुम्बा आन्तरिक तथा वाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ ।

शिलान्यास कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका प्रमुख, वडा अध्यक्ष, पल्युलिङ्ग व्यवस्थापन समितीका अध्यक्ष श्याम रोक्का , नेकपा नेता सन्तोष विष्ट, अखिल क्रान्तिकारी पुर्व उपाध्यक्ष तथा अनेरास्ववियू नेता इन्द्र भुषाल, अनेरास्ववियू केन्द्रिय सदस्य उपदेश यादव तथा अन्य बौद्ध धर्ममा आस्था राख्ने लामा र गुरुहरुको उपस्थिति रहेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083