राष्ट्रपति भण्डारीद्वारा उग्रतारा मन्दिरमा पूजाअर्चना

२०७६ फागुन १६ शुक्रवार
945
shares
डडेल्धुरा।
बुधबारबाट सुदूरपश्चिम भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार डडेल्धुरा सदरमुकामनजिकै रहेको सुदूरपश्चिमकै प्रसिद्ध शक्तिपिठ उग्रतारा भगवतीको मन्दिरमापुजाअर्चना गरेकी छन ।
राष्ट्रपति भण्डारीले शुक्रबार विहान ११ बजे डडेल्धुरा सदरमुकामदेखि ५ किलोमिटरको दुरीमा अमरगढी नगरपालिका–८मा रहेको प्रसिद्ध उग्रतारा भगवतीको मन्दिरमापूजाअर्चनासहितदर्शन गरेकीहुन् । महाकाली राजमार्गको छेउमै अमरगढी नगरपालिका–८मा रहेको उग्रतारा मन्दिरमापुगि राष्ट्रपति भण्डारीले माताभगवतीको पूजाआजा र दर्शन गर्ने भएपछि बिहीबारदेखिनै यँहाको सुरक्षाव्यवस्था कडा पारिएको थियो।
राष्ट्रपति भण्डारीलाई अमरगढी नगरपालिकाले नागरिक अभिनन्दनगरि सम्मान स्वरुपउपहार प्रदान गरेको थियो भने जिल्ला समन्वय समिति डडेल्धुराकातर्फबाट मायाको चिनो प्रदानगरिएको थियो। साथै जिल्ला सदरमुकाममा रहेको क्याम्व्रिजपब्लिकबोर्डिङ स्कुलले पनिमायाको चिनो प्रदान गरेको थियो।
राष्ट्रपतिको उग्रतारा मन्दिर दर्शनका बेलाजनप्रतिनिधिलगायतकर्मचारी मन्दिरकापुजारी, धामी, भ्रणिया, लौगटिया, उग्रतारमा रहेको वेदविद्याश्रमाअध्ययनरत बटुकलगायत उग्रतारा क्षेत्र विकास समितिपदाधीकारी, पूर्व पदाधिकारीहरूले स्वागत गरेकाथिए। राष्ट्रिपति भण्डारीलाईयहाँकाफाग (सगुन) गाएर बाजागाजा सहित स्वागतगरिएको थियो।
सुदूरपश्चिम सौन्दर्यले भरिपूर्ण स् राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवि भण्डारीले सुदूरपश्चिमपाकृतिक रुपमा सौन्दर्यले भरिपूर्ण र रमणिय क्षेत्र भएको बताएकी छन्। शुक्रबार डडेल्धुराको प्रसिद्ध उग्रतारा भगवतीमन्दिरको दर्शन गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकीहुन्।‘सुदूरपश्चिमप्रदेश प्राकृतिक सौन्दर्य, सांस्कृतिकपक्षले भरिपूर्ण प्रदेश छ।’ उनले भनिन, ‘डडेल्धुरा सहित समग्र सुदूरपश्चिमको विकासकालागि नेपाल सरकार लागि परेको छ।’
राष्ट्रपति भण्डारीले आफू डडेल्धुरामा यसअघि पनिआएको बताइन्। तर, राष्ट्रपति भएर भने पहिलो पटक डडेल्धुरामाआएको सुनाइन्। राष्ट्रपति भण्डारीले बिहीबार बैतडीको त्रिपुरा सुन्दरी र दार्चुलाको मालिकार्जुन मन्दिरमा पूजापाठसंगै दर्शन गरेकीथिइन्।
हेलिकोप्टरमार्फत डडेल्धुराको उग्रतारा मन्दिर पुगेपछि उग्रतारा माताको दर्शन गरेर उनीशुक्रबार नै कञ्चनपुर प्रस्तान गरेकी छन्। राष्ट्रपतिको उपस्थितिमाशुक्रबार ‘तेस्रो शुक्लाफाँटा पर्यटन महोत्सव’आयोजकभीमदत्तनगरपालिकाले मझगाउँस्थितविमानस्थलमाविशेष समारोहको आयोजनागरिँदैछ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयको प्रवेशद्वार नजिकविमानस्थल मैदानमाआयोजनाहुने कार्यक्रमलाई राष्ट्रपति भण्डारीले सम्बोधनगर्नेछिन्। राष्ट्रपति भण्डारी शुक्रबार दिउँसो १ बजे मझगाउँ विमानस्थलको कार्यक्रममा सहभागीहुने कार्यक्रम तय गरिएको छ। उनि १७गते काठमाडौँ फर्किने कार्यक्रम रहेको छ।

२०७६ फागुन १६ शुक्रवार