आज देशका केही पहाडी भूभागमा चट्याङसहित पानी पर्ने सम्भावना
वि.सं.२०७६ फागुन १७ शनिवार ०९:५७
7.59K
shares
shares

मुक्ति खबर,काठमाण्डौ ।
आज देशका केही पहाडी भूभागमा चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
उच्च हिमाली तथा पहाडी भेगमा हिमपात पनि हुने संभावना छ । पश्चिमी वायुको प्रभावले पश्चिमका धेरै तथा मध्य र पूर्वका थोरै पहाडी भेगमा चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् मन्जु बासीले जानकारी दिनुभयो ।
उहाँका अनुसार यसकै प्रभावले अरु ठाउँको मौसम आंशिक बदली हुनेछ । तर यो पश्चिमी वायु कमजोर भएकाले यसअघिको जस्तो धेरै पानी भने कतै पनि नपर्ने उहाँको भनाई छ ।
















