मलेसियामा पछिल्लो २४ घण्टामा थपिए १५६ संक्रमित, दुईजनाको मृत्यु
वि.सं.२०७६ चैत २६ बुधवार १५:४८
8.55K
shares
shares

क्वालालम्पुर । मलेसियामा पछिल्लो २४ घण्टामा थप १५६ नयाँ कोरोना संक्रमित फेला परेका छन् । मलेसयाको स्वास्थ्य मन्त्रालयका अधिकारीका अनुसार बुधबारसम्म कोरोना संक्रमितको संख्या चार हजार ११९ पुगेको छ ।
दक्षिणपूर्वी एसियाको तेस्रो ठूलो अर्थतन्त्र भएको मलेसियामा पछिल्लो समय कोरोना संक्रमितको संख्या तीव्र रुपमा बढिरहेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक पाकिस्तानी भएको बताइएको छ । मलेसियामा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६५ पुगेको छ । –रोयटर्स































