विप्लवको बम बनाउने कारखाना प्रहरी कब्जामा

12.87K
shares

काठमाडौं । ललितपुर प्रहरीले नेत्रविक्रम चन्द विप्लव समूहको विस्फोटक पदार्थ बनाउने कारखानामै छापा मारेको छ । हिजो(शनिबार) विप्लव समूह ललितपुरका ४१ वर्षीय डिसीएम सानुराजा बज्राचार्य(श्याम) पक्राउ परेसँगै ललितपुर प्रहरीले ठुलो मात्रामा बम बनाउने सामग्री बरामद गरेको हो । प्रहरीले बज्राचार्यको कोठाबाट एक थान पेस्तोल, तीन थान ग्रिनेट बरामद गरेको थियो ।

अनुसन्धानका क्रममा श्यामले काठमाडौं उपत्यकाका अन्य स्थानमा समेत डेरा कोठा लिएर बसेको पत्ता लागेको थियो । श्यामले प्रयोग गरेका कोठाहरुमा छापा मार्दा बम बनाउने सामग्रीहरु बरामद भएको महानगरीय प्रहरी परिसर ललितपुर स्रोतले जानकारी दिए ।

त्यस्तै प्रहरीले काठमाडौंको तारकेश्वर नगरपालिका ११ नेपालटारस्थित बज्राचार्यको कोठामा छापा मार्दा ग्रिनेट लगायतका विष्फोटक पदार्थ बनाउन प्रयोग हुने सामग्री बरामद गरेको हो । बम बनाउने कारखानामै प्रहरीले छापा मारेर सम्भावित दुर्घटना टारेको भन्दै प्रहरी प्रधान कार्यालयमा ठूलो उपलव्धीका रुपमा चर्चा चलेको छ ।

श्यामको कोठामा ग्रिनेट बनाउनका लागि सामग्री फेला परेका हुन् । तत्कालीन प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवको हात्तीवनस्थित निवास र केही महिना अघि गाबहालमा भएको बम विष्फोटमा श्यामको संलग्नता रहेको प्रहरीको आरोप छ । श्यामका विरुद्धमा हातहतियार खरखजाना तथा विष्फोटसम्वन्धी मुद्दा चलाउने तयारीमा प्रहरी छ ।जनता समाचारबाट


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083