फ्रान्समा प्रदर्शन : प्रहरी र प्रदर्शनकारीबीच झडप

8.19K
shares

काठमाडौं । फ्रान्समा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । रंगभेद विरोधी आन्दोलनमा सहभागी भएका प्रदर्शनकारी र प्रहरीबिच राजधानी पेरिसमा झडप भएको हो ।

प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो । फ्रेन्च प्रहरी कोरोना भाइरसको महामारीका कारण प्रतिबन्धित आन्दोलन नियन्त्रणमा लिने प्रयासमा लागेको र आन्दोलनकारीले नमानेपछि झडप भएको हो ।

अमेरिकामा प्रहरी ज्यादतीबाट जर्ज फ्लोइडको निधनपछि सुरु भएको रंगभेदी आन्दोलन ‘ब्ल्याक लाइफ म्याटर्स’ अन्तरर्गत फ्रान्समा पनि प्रदर्शन शुरु भएको थियो । प्रदर्शनकारीले सन् २०१६ मा प्रहरी हिरासतमै मारिएका फ्रान्सेली अश्वेत व्यक्ति एडम ट्राओरीका लागि न्यायको माग गरिरहेका छन ।

शनिबार अपराहन्न मात्रै १५ हजार प्रदर्शनकारीले मध्य पेरिसको सडकमा भेला भएर प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले ‘नो जस्टिस, नो पिस’ को नारा लगाएका थिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083