आज बस्ने भनिएको नेकपा सचिवालय बैठक आइतबारका लागि सर्‍यो

5.89K
shares

काठमाडौं : आज बस्ने भनिएको नेकपा सचिवालय बैठक चार गतेसम्मका लागि स्थगित गरिएको छ । आज बिहान ११ बजे तत्कालीन नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा सचिवालय बैठक बस्ने तय भएको थियो ।

तर, आजै बिहान सचिवालय सदस्यहरुलाई असोज ४ गते आइतबारसम्मका लागि बैठक स्थगित भएको सूचना पठाइएको छ ।

बैठकका लागि पेरिसडाँडास्थित कार्यालयको माथिल्लो तलामा भौतिक दुरी कायम गरी बस्ने व्यवस्था मिलाइसकिएको थियो ।

यसअघि नेकपाका बैठकहरु धुम्बाराहीस्थित केन्द्रीय कार्यालय र प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएका थिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083