नेकपाले आज लैनचौर देखि वालुवाटार सम्म सिठ्ठी जुलुस गदै
वि.सं.२०७७ माघ १३ मंगलवार १३:१८
shares

नेकपाको दाहाल–नेपाल समूहले आजदेखि तेस्रो चरणको आन्दोलन शुरु गरेको हो। प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि सरकारविरूद्ध आन्दोलन गरिरहेको दाहाल–नेपाल समूहले आज दिउँसो सिठी जुलुस गर्दै तेस्रो चरणको आन्दोलन शुरु गर्न लागेको हो ।नेकपाले आज ३-बजे लैनचौर देखि वालुवाटार सम्म सिठ्ठी जुलुस गदै छ ।
संघर्ष समितिको अगुवाईमा हुने जुलुसमा दाहाल–नेपाल समूहका युवा तथा विद्यार्थी नेताहरुले सिठी फुकेर प्रतिनिधि सभा विघटनविरुद्ध खबरदारी गर्ने जनाइएको छ ।
ष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी नेकपाले प्रतिनिधि सभा विघटनविरुद्ध सोमवार आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलनको आयोजना गरी नेकपा प्रचण्ड–नेपाल समूहले देशका विभिन्न ठाउँमा सभा र विरोधका कार्यक्रम गर्ने घोषणा गरेको हो ।
जसअन्तर्गत माघ १३ गते काठमाडौंमा सिट्ठी जुलुस तथा १४ देखि २१ गतेसम्म माइतीघर मण्डलामा संविधान सभा सदस्य, सांसद र प्रदेश सभा सदस्यको धर्ना लगायत कार्यक्रम तय भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
पत्रकार सम्मेलनमा स्थायी कमिटी सदस्य पम्फा भुसालले माघ १५ गते बुटवलमा, १६ गते विराटनगरमा सभाको आयोजना गरिएको जानकारी दिइन् ।
यस्तै माघ २८ गते काठमाडौंमा विरोध जुलुस र सभा आयोजना गरिएको उनले बताइन् ।
माघ ९ गते काठमाडौंमा विरोध सभा गरी यसअघिका आन्दोलनका कार्यक्रम समापन भएको थियो ।
पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि नेकपा विभाजन भएको थियो । निर्वाचन आयोगले भने नेकपा विवादलाई वैधानिकता दिन अस्वीकार गरेको छ ।
आयोगको निर्णयबारे औपचारिक पत्र आएपछि प्रतिक्रिया जनाउने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।





























