नेपाल बहसले एआईजी पोखरेल बिरुद्ध प्रकाशित गरेको समाचार गलत साबित

12.92K
shares

भुमिराज अधिकारी

काठमाडौ । नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेल एक कुशल सक्षम, सरल, सहज र एक ईमानदार ब्यक्ती मानिन्छन् । नेपाल प्रहरीमा लागे देखी नै राष्ट्र र जनताको सेवामा समर्पित पोखरेल एक अनुशासित अफिसियरको रुपमा चिनिन्छन् । विगतमा उनले गरेका बिभिन्न कामहरु र अहिले वर्तमान अवस्थामा गरेका कामहरुको प्रशंसा र मुल्यङ्कन सरकार र प्रहरी संगठनले गर्दै र गरी रहेको छ ।

यतिवेला भावी आईजीपीका रुपमा चिनिएका नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेल अपराध अनुसन्धान विभागको प्रमुख रहेका छन् । अपराध अनुसन्धान विभागको प्रमुखको जिम्मेवारी कुशलतापुर्वक सामालि रहेका छन् । इन्टरपोल, मानव वेचविखन, लागुऔषध, साइवर व्यूरो तथा महिला बालबालिका व्यूरो जस्ता निकायहरु सो विभाग अन्तरर्गत रहेका छन् । समग्रमा यि माथि उल्लेखीत विभागहरुमा एआईजी पोखरेलको भुमिका भने निकै नै महत्वपुर्ण रहेको छ ।

केही दिन अघि (नेपाल बहस nepalbahas.com)  अनलाईन सञ्चार माध्यमले एआईजी पोखरेलको गुटिया सेटिङ, ठेक्कापट्टामा हस्तक्षेप भन्ने शिर्षक राखेर समाचार सम्प्रेषण गरेको थियो । यो समाचार के हो? अर्थात यो प्रश्न के हो? भन्नेबारेमा सत्यतथ्य बुझ्नको लागि यसै बिषयलाई लिएर हामीले एआईजी पोखरेलसँग कुराकानी गर्दा नेपाल बहसले लेखेको समाचारमा कुनै पनि सत्यता नरहेको जानकारी गराउँदै उक्त समाचारमा उल्लेख भएका सबै कुराहरु झुटो र गलत भएको बताए । समाचार लेख्दा सत्य र तथ्यको आधारमा लेख्न आग्रह गर्दै आम सञ्चार मिडिया कर्मीहरुलाई गलत समाचार, भ्रामक समाचार नलेख्न आह्वान समेत गरेका छन् ।

नेपाल प्रहरीको ईतिहासमा जवान देखि हाकिम सम्मको एउटै मेस बनाएर असमानता हटाई असाय असक्तहरूको सेवा गर्न लागि परी रहेका छन् । विगत देखी नै एआईजी पोखरेलले जहाँ जहाँ नेतृत्वको कमाण्ड गरे त्यहाँ त्यहाँ धेरै राम्रो कार्यहरु गरे देशको प्रहरी संगठनको गरिमा कमजोर हुने कामहरु कहिल्लै गरेनन् र आम नेपाली जनताहरुलाई समान रुपमा सेवा र न्याय दिन र दिलाउन सफल भएका थिए ।

(हेर्नुहोस् एआईजी पोखरेल बिरुद्ध नेपाल बहसले लेखेको झुटो समाचार)

https://www.nepalbahas.com/2021/02/17/273034/?fbclid=IwAR07DEARDnq5eTN2p6AGku6Ofn9YDKZ_-_LAjuN8apqDFVed1v3PbYI2QsY


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083