वरिष्ठ गायक जेबी टुहुरेको स्वास्थ्य अवस्था गम्भीर

6.4K
shares

अचानक ‘स्ट्रोक’ भएपछि उपचारत वरिष्ठ गायक जेबी टुहुरेको स्वास्थ्य अवस्था गम्भीर र स्थिर रहेको छ। गत मंगलबार  काठमाडौंको कलंकीमा अवस्थित निजी  निवासमा एक्कासी लडेपछि उनलाई बल्खुस्थित बयोधा अस्पतालको सिसियु कक्षमा भर्ना गरिएको थियोे।

मुटु , फोक्सो , मधुमेह र उच्च रक्तचापका दिर्घ रोगी समेत रहेका ७८ वर्षीय  टुहुरेलाई अप्रेसन गर्न जोखिमपूर्ण रहेकाले औषधिको माध्यमबाट उपचार जारी राखिएको उपचारमा संलग्न वरिष्ठ न्युरोलोजिस्ट डा.सामर्थ  सिंहले वताए । टुुहुरेको उपचारमा सम्भव सवै प्रयत्न जारी राखिएपनि अपेक्षाकृत सुधार हुन नसकिरहेको उनले वताए । टुहुरेलाई हाल भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको छ।

विहिबार पुर्व प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र )का अध्यक्ष पुष्पकमल दाहाल अस्पताल पुगेर उनको  स्वास्थ्य स्थिति वुझेका थिए। उनले टुहुरेको उपचारको सम्पुर्ण खर्च व्यहोर्न सरकारलाई आग्रह गर्ने बताएका थिए।

अस्पतालमा टुहुरेलाई भेट्न एमाले महासचिव ईश्वर पोखरेल , अर्थमन्त्री जनार्दन शर्मा , काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा , पुर्व मन्त्री कृष्णगोपाल श्रेष्ठ लगायत पुगेका छन्।

टुहुरेको उपचारमा अहिले डा. सामर्थ सिंह , डा. विश्वकुमार श्रेष्ठ , डा. पावनवहादुर भण्डारी , डा. प्रकाश श्रेष्ठको चिकित्सक टोली संलग्न रहेको छ।

बीसको दशकदेखि सांगीतिक क्षेत्रमा प्रवेश गरेका टुहुरेले १ सय ५० भन्दा बढी जनपक्षीय गीत रेकर्ड गराएका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083