नेकपा (एमाले)का सचिव भीम आचार्यका भाइ मृत

6.59K
shares

नेकपा (एमाले)का सचिव भीम आचार्यका भाइ मृत फेला परेका छन् । सुनसरी सदरमुकाम इनरुवा–३ स्थित घरमा राम आचार्य मृत फेला परेका हुन् । इनरुवामा रहेको घरमा ढोका फोडेर हेर्दा उनी मृत भेटिएका हुन् । घटनास्थलमा प्रहरीले मुचुल्का उठाइरहेको छ । मानसिक समस्याले पीडित आचार्य घरमा एक्लै बस्दै आएका थिए । प्रारम्भिक अनुसन्धानबाट आचार्यको शरीरमा चोटपटक नदेखिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083