पहिरोले थुनेको रघुगङ्गा नदी भरिएर बग्न थाल्यो
वि.सं.२०७८ भदौ १० बिहीवार १३:२६
12.38K
shares
shares

म्याग्दीको रघुगङ्गा गाउँपालिकाको रायखोरमा बुधबार राति खसेको पहिराले नदीको पानी थुनिएकामा अहिले भरिएर बग्न थालेको छ । रायखोर र मूलपानीको बीचमा रहेको पाखो खसेर नदी थुनेकाले त्यहाँ तलाउ बनेको थियो । गाउँपालिकाको वडा नं.६ र ७ को गौँडामुनी भन्ने ठाउँमा बुधबार थुनिएको नदी आज बिहानदेखि भरिएर बग्न थालेको स्थानीयवासी प्रदीप मगरले जानकारी दिए ।गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले नदी थुनिएको खबर पाउने वित्तिकै तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरिएको हो । नदी थुनिएको भन्दा तल्लो क्षेत्रमा ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँध निर्माणाधीन अवस्थामा छ भने नदीको तटीय क्षेत्रमा गलेश्वर बजार पर्छ ।































