एनआरएनए अधिवेशन : क-कसले गरे उम्मेदवारी घोषणा ?
वि.सं.२०७८ भदौ २० आइतवार ११:१९
5.51K
shares
shares

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को अधिवेशन नजिकिएसँगै धमाधम उम्मेदवारी घोषणा भइरहेका छन् । नयाँ कार्यसमिति चयनका लागि जर्मनीका प्रतिनिधिलाई चासोका साथ हेरिने गरिन्छ ।
वर्तमान अध्यक्ष कुमार पन्त र पूर्वअध्यक्ष जीवा लामिछाने पनि यही देशबाट प्रतिनिधित्व गर्छ । यसैगरी रामप्रताप थापा, उषा शर्मा, दिल गुरुङलगायत एनआरएनए अभियानकर्मी रहनु भएको जर्मनीबाट यसपटक अन्तर्राष्ट्रिय समन्वय परिषद् तहमा नेतृत्व लिएर अघि बढ्ने उम्मेदवारबारे चर्चा सुरु हुन लागेको छ । यहाँ एक हजार ५९५ सदस्य छन् । आइसिसीमा जान पाउनेमा निर्वाचनमार्फत शङ्कर डाँगी विजयी भइसकेका छन् ।






























