‘एमसिसि पास गरिए सडकमा आगो बाल्छौं’ -तिलकराज भण्डारी

Nepal Life Insurance Long Ad

अखिलक्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष तिलकराज भण्डारीले एमसिसि जबरजस्त पास गराएको खण्डमा सडकमा आगो बाल्ने चेतावनी दिएका छन् ।
नेता भण्डारीले पाँचथरको फिदिममा अखिल क्रान्तिकारीको जिल्ला भेलालाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् । भेलाको प्रमुख बक्ता रहेका भण्डारीले मुलुकलाई बिदेशीको खेल मैदान बन्न कदापी नदिने बताएका छन् । नेता भण्डारीले सरकार गठन भएको लामो समय सम्म पनि मन्त्रिमण्डल पुरा नगरेर सरकारले पुन जनताको आकांक्षामा चिसो पानी खन्याउन खोजेको आरोप समेत लगाए । माओवादी केन्द्रका नेताहरु होम जवेगु, बिशाल रसाइली , दिनेश लावति, सहित प्रदेश एक सँसद सिता थेवे र अखिल ९क्रान्तिकारी० प्रवक्ता एबं उपमहासचिव जीपी मैनाली लगायतका बिध्यार्थी नेताहरु मनिषा आचार्य खगेन्द्र सुबेदी ,रबी बस्नेत र प्रजिन हाँगमागको टिमले प्रशिक्षण मन्तब्य राखेको बिद्यार्थीका नेता बिकाश केरुङले जानकारी दिए।
असोज ८,९ र १० गते राष्टिय सम्मेलन तोकेको अखिलक्रान्तिकारीले मुलुकभर भला सम्मेलहरु मार्फत नेता छान्ने प्रकृयालाई तिब्र बनाएको छ ।

२१ भदौ २०७८, सोमवार १८:३९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु