विप्लवलाई पृथ्वीनारायण शाहको तस्बिर उपहार
वि.सं.२०७८ भदौ २८ सोमवार १७:२२
6.03K
shares
shares

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई अधिवक्ता तथा ‘नेपालका लागि नेपाली अभियान’का अभियान्ता डा. सुरेन्द्र भण्डारीले पृथ्वीनारायण शाहको तस्बिर उपहार दिएका छन् । सोमबार खुलामञ्चमा एमसीसी विरुद्धको विरोध सभामा आफ्नो मन्तव्य राखिसकेर भण्डारीले नेपालको निर्माता पृथ्वीनारायण शाह भएको भन्दै शाहको तस्बिर उपहार दिएका हुन् ।






























