महिला फुटबल टिमको बिदाइ

6.2K
shares

उज्वेकिस्तान जाने नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज सोमबार महिला टोलीलाई बिदाइ गरेको हो । एएफसी महिला एसियन कप-२०२२ छनोट प्रतियोगिताका लागि नेपाली टोली उज्वेकिस्तान जान लागेको हो ।

नेपाली टोली आज राति ११ बजे त्यसतर्फ प्रस्थान गर्नेछन् । नेपाली टिम टर्कीको इस्तानबुल हुँदै उज्वेकिस्तान पुग्ने छन् । छनोटका लागि मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले नेपाली टिमको घोषणा गरिसकेको छ ।

तर, डिफेन्डर पुनम जर्गा मगरले उज्वेकिस्तानको भ्रमण गुमाउने छन् । मुटुको समस्या देखिएपछि उनी टिममा छैनन् । उज्वेकिस्तानको जेएआर स्टेडियममा हुने छनोटमा नेपाल समूह ‘एफ’ मा रहेको छ । नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेको छ । नेपालले फिलिपिन्ससँग खेल्दै छनोटको सुरुवात गर्नेछ । नेपाल र फिलिपिन्सबीचको खेल सेप्टेम्बर १८ (असोज २) मा हुनेछ ।

यस्तै नेपालले दोस्रो खेलमा हङकङको सामना गर्नेछ । उक्त खेल सेप्टेम्बर २१ (असोज ५) मा हुनेछ । यस समूहको फिलिपिन्स र हङकङबीचको खेल सेप्टेम्बर २४ (असोज ८) मा हुनेछ ।

समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ ।

एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ ।

नेपाली टिम :अन्जना राना मगर, एन्जिला सुब्बा, उषा नाथ, अमृता जैशी, अनिता बस्नेत,अनिता केसी, विमला बिक, विमला चौधरी, दिपा राई, गीता राना,  हिरा भुजेल, इन्द्र राई, मन्जली थोकर, निशा थोकर, प्रिती राई, पुजा राना, रजनी थोकर, रश्मी घिसिङ, रेनुका नगरकोटी, सबिता राना, सरु लिम्बु, सिर्जना सिंह


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083