पेशागत महासंघको महाधिवेशन आयोजक समिति गठन

7.1K
shares

पेसागत महासंघ नेपाल राष्ट्रिय समितिको बिस्तारित बैठकले सातौं राष्ट्रिय महाधिवेशन आयोजक समिति गठन गरेको छ । असोज ४ गते अध्यक्ष विश्वनाथ प्याकुरेलको अध्यक्षतामा काठमाडौंमा सम्पन्न बैठकले सन् २०२२ को मे दिवसको अवसर पारेर भव्यतापूर्वक आयोजना गर्ने निर्णय गरेको हो ।बैठकले प्रेमलकुमार खनाल संयोजक तथा रामप्रसाद रिमाल महासचिव रहेको २२५ सदस्यीय महाधिवेशन आयोजक समिति गठन गरेको हो । बैठकले महासंघको काम व्यवस्थित गर्न बढीमा ३५ सदस्य रहनेगरी हाललाई ३१ सदस्यीय सचिवालय गठन समेत गरेको महासचिव रिमालले जानकारी दिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083