सुर्य थापालाई सडकमै आक्रमण

9.79K
shares

नेकपा एमालेका नेता सुर्य थापा र एकजना पत्रकारको टोलिींग चिया गफमा झण्डै हात हालाहाल भएको र सुर्य थापा झण्डै कुटिएका भन्ने शिर्षकमा लेखाजोखा न्युजले समाचार प्रकाशन गरेको रहेछ । हेरौ उनीहरुकै शब्दमा हामीले साभार गरेका छौ ।

नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापा झण्डै कुटिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदाका प्रेस सल्लाहकार सूर्य थापाको दिनदहाडै सातो टिपिएको हो ।असोज दोस्रो साता नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र ९पानीट्यांकी० को पारिपट्टी, मन्दिरसँगै पिपलबोटछेउको चियापसलमा एमालेसम्बद्ध केही पत्रकार चिया पिइरहेका थिए ।

त्यहाँ ‘तामाकोशी सन्देश’ पत्रिका निकाल्ने रामचन्द्र बस्नेतसहितका चार–पाँचजना पत्रकार थिए ।सूर्य थापा लखर–लखर हिँड्दै पुगे । रामचन्द्रले सोधे, ‘ओहो, काजी पनि सडकमा रु’सूर्यले भने, ‘म सडककै मान्छे त हुँ नि ।’ कुरैकुरामा रामचन्द्रले भने, ‘केपी ओली त त्यति बेठिक थिएनन्, सब तिमीहरूले बदनाम पारिदियौ । सूर्य थापा र विष्णु रिमालले हो नि केपीलाई सिध्याएको ।’ कुरा सुनेपछि सूर्यले रामचन्द्रलाई पत्रकार महासंघको चुनावी प्रसंग निकाल्दै तथानाम भन्न थाले ।

महासंघको चुनावमा रामचन्द्र प्रेस चौतारीको तर्फबाट काठमाडौं जिल्लामा सचिवका उम्मेदवार थिए । तर, सूर्यहरूले उनको टिकट खोसेर विप्लवनिकट पत्रकारलाई आधिकारिक बनाए । रामचन्द्रको बागी उम्मेदवारी जारी थियो । उनले हारे । सूर्यले भने, ‘कहाँ–कहाँ गएर चुनाव उठेर हार्छन्, अनि रिस हामीलाई पोख्ने रु जसले उठायो, जसले हरायो, त्यसलाई गएर भन न । हामीसँग के किचकिच गरिराख्छौ ।’ त्यसपछि बसिरहेको ठाउँबाट रामचन्द्र जुरुक्क उठे । शुरुमा मुठ्ठी कसेर ताक्न खोज्दै थिए । पछि ‘‘बान‘’ भन्दै उफ्रिए । सँगै चिया पिइरहेका पत्रकारले रामचन्द्रलाई ताने । नत्र, उनले मुड्की बंगारातिर सोझ्याइसकेका थिए । अर्को हातले चिउँडोमा एक पञ्च हान्न खोज्दै थिए, सूर्यलाई स्कुटीमा आएका एकजना सहयोगीले आफूतिर तानेर लगे । रुखो बोल्ने सूर्यले मुख छाडेरै गाली गरेपछि असह्य भएर उनी मुड्की बर्जान कसिएका थिए ।

 


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083