दाङ दुर्घटनाका गम्भीर घाइतेलाई काठमाडौँ लगियो

4.52K
shares

सल्यानको कालीमाटीबाट तुलसीपुरतर्फ आउँदै गरेको भे १ ज ५२२ नं को यात्रुबहाक जीप दाङको बबई गाउँपालिका-२ एक्लेबरमा आज भएको दुर्घटनामा परी घाइतेमध्ये पार्वती वलीको अवस्था गम्भीर रहेकाले हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको छ ।

त्यस्तै नौ जना घाइतेलाई थप उपचारका लागि शिक्षण अस्पताल कोहलपुर पठाइएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले जनाएको छ। अन्य घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। जीपका चालक भने फरार रहेको प्रहरीले बताएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083