सप्तरीमा सवारी दुर्घटना, २ जनाको मृत्यु
वि.सं.२०७८ कात्तिक २५ बिहीवार १८:०१
10.47K
shares
shares

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिकास्थित बरमझियामा आज बिहान भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ग १ ख ९६४२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बीआर ३६ आर ८१७३ नम्बरको भारतीय मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार भारतको विहार राज्यअन्तर्गत सुपौल जिल्ला बलुवा–३ बस्ने राजकुमार तिवारीको मृत्यु भएको छ ।
ठक्करबाट सख्त घाइते उनलाई उपचारका लागि विराराटनगरतर्फ लाग्ने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै मोटरसाइकलमा सवार अर्का नाम थर वतन खुल्न नसकेको अन्दाजी ३०÷३१ वर्षका पुरुषको पनि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।





















